मुस्ताङमा मजदुर बोकेको ट्रिपर दुर्घटना, १५ जनाको मृत्यु

काठमाडौं /  मुस्ताङमा भयानक सडक दुर्घटना भएको छ । मजदुरहरु बोकेर हिँडेको बिरुवा कन्स्ट्रक्सनको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । उपल्लो मुस्ताङको स्याङबोचेमा भएको दुर्घटनामा ठूलो संख्यामा मजदुरहरु हताहत भएको खबर छ ।

                                     सांकेतिक तस्विर

नजिकका स्थानीयले दुर्घटनामा १५ जनाको मृत्यु भएको बताएका छन् । अन्य घाइते छन् । घाइतेमध्ये पनि केहीको अवस्था निकै गम्भीर भएकोले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । उद्धारका लागि टोली घटनास्थलतर्फ गएको छ । मृतकको पहिचान खुलिसकेको छैन । स्थानीयले १५ जनाको मृत्यु भएको बताए पनि यो संख्याको आधिकारिक रुपमा पुष्टि भइसकेको छैन ।

प्रहरीले सार्वजनिक गरेको मृतकहरुको नामावली :

१. बालकुमार घर्ती, वर्ष ३०–दाङ
२. सुकमान रोका, वर्ष २८–रोल्पा
३. सुजन घलान ९चालक०, वर्ष २३–धादिङ
४. जीवन माझी, वर्ष २०–सिन्धुली
५. बिन्ती घर्ती, वर्ष २२–कैलाली
६. महेश रोका, वर्ष १९–रोल्पा
७. कमानसिंह रोका, वर्ष ३५–कपिलवस्तु
८. कविता घम ९महिला०, वर्ष ३१–दाङ
९. रामकुमार पुन, वर्ष ३२–रोल्पा
१०. सुवेर चौधरी, वर्ष ३५–दाङ
११. बिनिता घर्ती, वर्ष २३–कैलाली
१२. शान्ति थापा, वर्ष ४३–दाङ
१३. सोन्तु घर्ती, वर्ष ३२–रोल्पा
१४. कृष्ण क्षेत्री, वर्ष २४–स्याङ्जा
१५. कमल बुढा, वर्ष २५–दाङ


प्रतिक्रिया दिनुहोस्