ब्राजिल र बेल्जियमबीचको खेल,सर्बियाका विवादित रेफ्री काभिकले खेलाउने

विश्वकपको सेमिफाइनल प्रवेशका लागि शुक्रबार राति ५ पटकको बिश्व बिजेता ब्राजिल र बेल्जियम भिड्दै छन्   ।  दुवै टोलीमा क्लबमा नाम चलेका ठुला खेलाडीहरु जोडिएका छन् । ब्राजिलमा नेइमार, फिलिप कोटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो सिल्भा लगायका खेलाडी छन् ।

बेल्जियमतर्फ चेल्सीका इडेन हाजार्डसंगै  रोमेलु लुकाकु, मराउन फेलानी, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी लगायत छन् । ब्राजिल फिफा बरियताको दोस्रो स्थानमा छ भने बेल्जियम तेस्रो स्थानमा छ । जापानसँगको अन्तिम १६ को खेलमा २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–२ को जित निकालेको बेल्जियम उत्कृष्ट लयमा छ  । बेल्जियमले समुह चरणका सबै खेल जित्दै ९ अंक जोडेको थियो भने ब्राजिलले १ खेलमा बराबरी र २ मा जित हात पारेको थियो ।

ब्राजिल आज डिफेन्सिभ मिडफिल्डर कासिमिरो बिना मैदानमा उत्रँदैछ । उनी दुई पहेँलो कार्डका कारण एक खेल गुमाउनेछन् ।

आजको यस खेल सर्बियाका रेफ्री मिलोराड काभिकले खेलाउने छन् । उनले गत सिजनको च्याम्पियन्स लिगको फाइनल खेल पनि खेलाएका थिए । च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड र लिभरपुलबीचको खेलमा इजिप्टका मोहम्मद सलाहलाई लडाएका रामोसलाई केहि नगरेकोमा यी रेफ्रीको निक्कै आलोचना भएको थियो । साथै उनी सन् २०१४ को बिश्वकपको सबै भन्दा खराब रेफ्रीका रुपमा चिनिने गरेका छन् । अन्य २ रेफ्री पनि सर्बिया कै रहेका छन्   ।

कठोर मानिने यी रेफ्रीले आजको खेलमा निकै कार्ड दिन सक्ने द सन पत्रिकाले उल्लेख गरेको छ ।

खेल नेपाली समय अनुसार राती ११:४५ बजे सुरु हुदै छ  ।


प्रतिक्रिया दिनुहोस्