क्वार्टरफाइनल खेलमा उरुग्वेविरुद्ध फ्रान्सले जित निकाल्यो

काठमाडौं /  जारी विश्वकपको आजदेखिको क्वार्टरफाइनल खेलमा उरुग्वेविरुद्ध फ्रान्सले २–० जित निकालेएको छ ।

पहिलो हाफ ४० औं मिनेटमा  राफेलले हेडमार्फत फ्रान्सले १–० ले अग्रता  लिएको थियो । फ्रान्सले खेलको ६१ औं मिनेटमा एन्टोइन ग्रीजम्यानले आकर्षक गोल गर्दै २–० को अग्रता लियोएको थिए । उनले सिधै गोलकिपरको हातमा बल दिएपनि गोलकिपरले सो बल फुत्काएका थिए । समूह ‘सी’ को विजेताका रुपमा अन्तिमा १६ मा प्रवेश गरेको फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउंदै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

अर्को तर्फ, समूह ‘ए’ को विजेता रहेको उरुग्वे प्रि-क्वाटरफाइनलमा पोर्चुगललाई २-१ ले हराउन सफल भएको थियो । चोटका कारण आज उरुग्वेका स्टार स्ट्राइकर एडिन्सन काभानी आज टोलीमा थिएनन् ।

 


प्रतिक्रिया दिनुहोस्