बेल्जियम सेमिफाइनलमा प्रबेश , ब्राजिल बाहिरियो

काठमाडौं /  जारी विश्वकपको आजदेखिको क्वार्टरफाइनल खेलमा ब्राजिलविरुद्ध बेल्जियमले २–१ जित निकालेएको छ ।

 

ब्राजिलका लागि बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो । खेलमा २-० ले पछाडि परेको ब्राजिलका लागि रेनाटो अगुएस्टोले गोल गरे ।

बेल्जियमका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए । यस अघि फ्रान्सले उरुग्वेलाई २-० ले हराउन सफल भएको थियो । बेल्जियमले सेमिफाइनलमा फ्रान्ससंग भिड्ने छ ।


प्रतिक्रिया दिनुहोस्