आँबुखैरेनीको मुख्य चोकमा ट्राफिक प्रहरीको डमी राखियो

चितवन संबाददाता

आँबुखैरेनी, २३ असार / तनहुँ आँबुखैरेनी गाँउपालिकाको मुख्य व्यापारिक केन्द्र आँबुखैरेनी बजारको चोकमा ` २४ सैं घण्टा ट्राफिक (डमी) हुने भएको छ ।

लायन्स क्लव अफ आँबुखैरेनीले शनिबार देखि दुर्घटना न्युनिकरणको लागि सहयोग हुने हेतुले आँबुखैरेनीको मुख्य चोकमा ट्राफिक प्रहरीको डमी राखिएकोले यस्तो देखिएको हो । यसरी बजारको मुख्य चोकमा डमी ट्राफिक प्रहरी राख्दा चालकवर्गहरु अलि सचेत हुन सक्ने र यसको कारण दुर्घटना न्युनिकरणमा मद्दत पुग्ने अपेक्षा राखेर लायन्स क्लव अफ आँबुखैरेनीले डमी प्रहरीको व्यवस्था गरेको क्लवका अध्यक्ष काजी थापाले बताउनुभयो । क्लवले आजै आँबुखैरेनीचोकमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक बोर्ड र संकेत पार्टीहरु समेत राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्