इंग्ल्याण्ड सेमिफाइनलमा प्रबेश , स्वीडेन बाहिरियो

काठमाडौँ,/ जारी विश्वकपको क्वार्टरफाइनलमा स्वीडेनविरुद्ध इंग्ल्याण्ड २ –० ले जीत निकालेको छ ।

 

सेमिफाइनल प्रवेशका लागि भिड्दै गरेका यी दुईमध्ये इंग्ल्याण्डले खेलको ३४ औं मिनेटदेखि नै अग्रता कायम गरेको हो । इंग्ल्याण्डका लागि ह्यारी मागोरोइले ३४ औं  र  ५८ औं मिनेटमा इंग्ल्याण्डका ह्यारी मोगुरो र डेले अल्लिले एकएक गोल गर्दै इंग्ल्याण्डले २ गोलको अग्रतालेदै जीत सुनिस्चित गरेको छ ।

यससँगै इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ भने स्वीडेन बाहिरिएको छ । अब इंग्ल्याण्डले पौने १२ बजेदेखि सुरु हुने रसिया र क्रोएसियाबीचको विजेतासँग फाइनलका लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्