यो मेरो करियरकै पीडादायक क्षण हो, आफू फुटबलमा फर्कन निकै मुस्किल – नेयमार

काठमाडौँ, /  जारी विश्वकपको क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ को पराजय पछि ब्राजिलियन सुपरस्टार नेयमारले आफूलाई फुटबलमा फर्कन निकै मुस्किल हुने बताएका छन् ।

उनले भने -म फेरी खेलमा फर्कन चाहान्छु । तर निकै मुस्किल हुनेछ, सायद भगवानले साथ दिनुहुनेछ,’ उनले इन्टाग्राममा लेखेका छन्, ‘म ब्राजिलको हिस्सा हुन पाउँदा खुसी छ र गर्व महशुस हुन्छ । हामी सपना पुरा गर्ने अभियानमा थियौं यो पटक सफल हुन सकेनौं ।’ ब्राजिलका नेयमारले रेकर्ड बनाए । नेयमारले उनीमाथि धेरै फाउल भएको समेत कीर्तिमानी बनाए भने विश्पकपमा धेरै गोलको प्रयास गर्ने उपलब्धि पनि रसिया विश्वकप मै तयार पारे । उनी प्रतियोगिताको क्वार्टरफाइनल चरणको खेलसम्म गोलका लागि सर्वाधिक प्रयास गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् ।

नेयमारले विश्वकपमा ब्राजिलले खेलेका सबै खेल खेले । त्यसमा उनले चार सय ५० मिनेट मैदानमा बिताए । त्यो अवधिमा उनले विपक्षी टोलीको पोस्टमा २७ पटक प्रहार गरेका छन् । यीमध्ये १३ प्रहारले पोस्टको दिशा लिएका छन् । पाँच प्रहार मात्र ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका नौवटा प्रहारलाई विपक्षी रक्षक र गोलरक्षकले रोकिदिएका थिए ।


प्रतिक्रिया दिनुहोस्