गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

माइ साइ, थाइल्याण्ड, २५ असार / थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ ।

दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।
सोमबार पनि उद्धार कार्य स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले पानीका कारण यो कार्य हिजोजस्तो सहज नहुने देखिएको पनि बताएका छन् ।


उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ ।
उद्धार गरी निकालिने बालकलाई एम्बुलेन्समा राखेर तुरुन्तै अस्पताल पु¥याउने जनाइएको छ । आइतबार उद्धार गरी निकालिएका चार जनालाई पनि अस्पतालमा राखिएको जानकारी दिइएको छ । उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफाको वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्