मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने, तलब झन्डै १६ हजार पुग्ने

काठमाडौं २५ असार / मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३ हजार ४५० रुपैयाँ अनिवार्य गर्न सिफारिस गरेको हो ।

                                                     तस्बिरस् गुगलबाट साभार गरिएको ।

समितिले सिफारिस गरेसँगै श्रम तथा रोजगार मन्त्रालयले आज नै निर्णय गर्ने छन् । मजदुरहरूको तलब वृद्धि भएसँगै आगामी वर्षबाटै मजदुरको तलब बैङ्क खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने सरकारले तयारी गरेको छ । यससँगै सामाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिने छ ।

सरकारले यो वर्षबाटै सामाजिक सुरक्षा ऐन पनि लागू गर्ने छन् । यो समेत जोड्दा मजदुरको तलब झन्डै १६ हजार पुग्नेछ । यसअघि भने मजदुरको न्यूनतम तलब ९ हजार ७ सय रुपैयाँ मात्रै रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्