ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंङ्कको शाखा विस्तार

ताप्लेजुङ / देश संघियतामा गएसगै बैंङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा बैंङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरूप राष्ट्रिय वाणिज्य बैङ्कले ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिका हाम्पाङमा शाखा सञ्चालन गरेको छ ।


शाखा सञ्चालनले स्थानिय व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंङ्कको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंङ्कको भनाइ छ । आइतबारबाट कारोबार सञ्चालन गरिएको बैंङ्कका शाखा प्रवन्धक खगेन्द्र कन्दङ्वाले जानकारी दिएका छन। यो समेत गरी बैङ्कको शाखा सङ्ख्या १ सय ९५पुगेको छ । हिजोबाट नै सम्पूर्ण बैंङ्कीङ कारोबार सुरु गरे पनि औपचारिक रुपमा उद्घाटन भने केहि समय पछि गरिने शाखा प्रवन्धक कन्दङ्वाले जानकारी दिए ।

यो सँगै ताप्लेजुङका तिन स्थानिय तहमा बै्ङ्किंङ कारोबार सुचारु भएको छ । जिल्लाको एक मात्र नगरपालिका फुङलिङ बाहेक यस अघि मैवाखोला गाउँपालिकामा सनराई बैंङ्कले शाखा बिस्तार गरि कारोबार सुरु गरिसकेको छ । अन्य गाउँपालिकामा बैंङ्किङ सेवा पुगेको छैन । बैंङ्क नपुगेका स्थानिय तहमा पनि भौतिक संरचना निमार्ण भैरहेकाले चाँडै बैंङ्क पुग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्