नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्यो,सडक अवरुद्ध

चितवन,२६ असार / नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने भन्ने ठाउँमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।


नारायणगढ-मुग्लिन सडकखण्डका घुमाउने, गाइघाट, टोपेखोला लगायतको ठाउँमा ठूलो पहिरो भएकाले पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिनु भएको छ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भए पनि निरन्तर पानि परिरहेकोले पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रमुख गौतमको भनाई छ ।
सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।अरुण पोष्ट संवाददाता


प्रतिक्रिया दिनुहोस्