वेपता वृद्धाको शव खोलामा फेला

असार २६, २०७५ ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनमा ७० वर्षीया वृद्धाको शव फेला परेको छ। असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। २१ गते स्थानिय सोम थलङको घरमा गई मदिरा लिएर घर तर्फ फर्किएको र सोहि दिनदेखि उनी वेपत्ता रहेको बताईएको छ। मृतक महिला घरमा एक्लै बस्ने गरेकी थिइन्। सोमवार उनका ज्वाइ ससुराली घरमा जाँदा सासुलाई नदेखे पछि खोजतलास गर्ने क्रममा महिलालाई मृत अवस्थामा फेला परेको हो। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ । अरुण पोष्ट संवाददाता


प्रतिक्रिया दिनुहोस्