पाँचथरमा ट्याक्सी दुर्घटना: दुर्घटनामा १ को मृत्यु, ८ जना गम्भिर घाईते

ताप्लेजुङ, २६ असार / पाँचथरको च्याङथापुबाट विर्तामोड तर्फ जादै गरेको ट्याक्सी दुर्घटना भएको छ ।

धिमाल कान्छा नामको उक्त ट्याक्सी आज विहान ओयामको एफएम चोक छेउमा दुर्घटना भएको हो । सडकमा भएको हिलोको कारण ट्याक्सी चिप्लिएर सडकबाट करिव २०० मिटर तल झरेको छ । दुर्घटनामा परि च्याङथापु १ का कैलाश अधिकारीको घटना स्थालमै मृत्यु भएको छ भने १ जना बालक सहित जम्मा ८ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि पाँचथर जिल्ला अस्पतालमा लगिएको देव प्रसाई ओयामले अरुण पोस्ट डट कमलाई बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्