महाकाली किनारमा एक मजदूर मृतावस्थामा फेला

भीमदत्तनगर, २६ असार / कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् ।दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिएका छन। सार्कीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्