बेल्जियमलार्इ एक सुन्यले पराजित गर्दै फ्रान्स फाइनलमा

रसिया, असार २७ / बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो। बार्सिलोनाका स्टार डिफेन्डर सामुअल उम्टीटीले ५१ मिनेटमा ‘सेट पिस’ बाट पाएको बललाई हेडरमार्फत गोल गरेर जित सुनिश्चित गरेको हो ।

सन् १९९८ मा ब्राजिललाई ३(० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता तेस्रो पटक विश्वकप फाइनलमा पुगेको थियो। फ्रान्स यस अघि सन् २००६ को विश्वकपमा इटालीसँग पेनाल्टीमा ५(३ ले पराजीत भएको थियो। बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो। फ्रान्स तेस्रो चोटी विश्वकपको फाइनलमा पुगेको हो। यसअघि फ्रान्स १९९८ मा विश्वकपको उपाधि उचालेको फ्रान्स २००६ मा भने इटालीसँग पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित रहेको थियो।

खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । फ्रेन्च कप्तान तथा गोलरक्षक ह्युगो लोरिस बेल्जिय बिरुद्ध पर्खाल जस्तै उभिए ।

६१ मिनेटमा केभिन डि ब्रुयनले डिबक्स भित्र गोल फर्काउने राम्रो मौका पाएका थिए। तर उनको फितलो प्रहार गोलमा परिणत हुन सकेन। ८९ मिनेटमा पनि ब्रुयनको क्रसमा यसअघि ४ गोल गरेका रोमेलु लुकाकु डिबक्स भित्र हेडिङ गर्न चुकेका थिए। २१ मिनेटमा भिन्सेन्ट कोम्पानीले कर्नर किकमा डिबक्सभित्रबाट दोस्रो बार च्यापेर हानेको प्रहार लोरिसले डाइभ हान्दै बचाएका थिए।

फ्रान्स समूह चरणको खेलमा अस्ट्रेलियालाई २–१, पेरुलाई १–० र डेनमार्कविरूद्ध गोलरहित बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको थियो। दुई पल्ट विश्वकपको फाइनल प्रवेश गरिसकेको ‘लेस ब्लुज’ ले दक्षिण अमेरिकाका दुई बलिया प्रतिद्वन्दी अर्जेन्टिनालाई प्रि–क्वाटरमा ४–३ र उरुग्वेलाई क्वाटरफाइनलमा २–० ले पराजित गर्दै सेमिफाइनलको समिकरण तयार पारेको हो।

बेल्जियम समूह चरणको खेलमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ र इङ्ल्यान्डलाई १–० ले पराजित गर्दै नकआउट प्रवेश गरेको बेल्जियमले प्रि–क्वाटरमा जापानलाई ३–२ र क्वाटरफाइनलमा पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गरेको थियो। बेल्जियमले पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गरेको थियो । अब फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।


प्रतिक्रिया दिनुहोस्