विसाल र माला द्धारा अभिनित म्यूजिक भिडियो ‘तुतुगेन यम्बा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, २७ आषाढ / नेपाली मोडलिङको क्षेत्रमा चर्चित नाम माला लिम्बु र विसाल सेनेहाङ द्धारा अभिनित लिम्बु म्यूजिक भिडियो ‘तुतुगेन यम्बा’ सार्वजनिक भएको छ । अमेरिकामा कार्यरत नव गायिका सेरि ताम्लिङ र लिम्बु गित संगितका अग्रज गायक यासेली योङहाङ द्धारा स्वरबद्ध गितको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत भर्खरै सार्वजनिक गरिएको हो । पहिलो पटक युगल भुमिकामा देखीएका विसाल र मालाको जोडीलाई यो म्यूजिक भिडियोमा लिम्बु सास्कृतिक महत्वका साथ प्रस्तुत गरिएको छ । गायक योङहाङ कै शब्द असोक लोहरुङको ऐरेञ्ज तथा संगितमा तयार भएको गितको भिडियो निर्देशन पनि गायक यासेलीले नै गरेका हुन् ।

लिम्बु भाषा, धर्म ,सस्कृती ,संस्कार , परम्परा र पहिचानको जगेर्ना गर्नुपर्छ भन्ने शन्देस बोकेको भिडियोमा यहि सस्कारको बिचमा हुकिर्एको प्रेमिल भावलाई कथावस्तुमा ढालिएको छ । बिशद्ध लिम्बु संस्कृतीमा निर्माण गरिएको भिडियोको निर्माता दिल सेनेहाङ रहेका छन् । नेपाली फिल्म पर्वको ‘कालेदाई कालेदाई’ वोल बाट चर्चा बटुलेकी मालालाई यस गितमा सास्कृतिक अभियान्ता रुपमा प्रस्तुत गराईएको छ भने विसाल परम्परागत भिडियोमा अगाडी देखि नै अब्बल मानिन्छन् ।

अमेरिकाको बसाई पछि नेपाली कलाकारीतामा प्रवेश गरेकी लिम्बुले ‘पर्व’ ‘गुडबाई काठमाडौ’ ‘रातो घर’ ‘पुरानो बुलेट’ ‘वान वे’ लगायत नेपाली फिल्म तथा दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने विगतका केहि बर्षएता मोडलिङमा ब्यस्त रहेका विशालले लिम्बु फिल्म केःसाङला , हिन्दी फिल्म कोईला तथा ५ दर्जन बढि म्युजिक भिडियोमा आफ्नो कलालाई प्रस्तुत गरिसकेका छन् ।

                                              -भिडियो हेर्नको लागि यहा किल्क गर्नुहोस ।

http://https://youtu.be/i8435GrAtFI


प्रतिक्रिया दिनुहोस्