क्यानडामा सन्दीप एक्लैको केहि लागेन

काठमाडौं / सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । तर, उनको टोली मान्ट्रियल टाइगर्सले अर्को खेलमा पराजय भोग्दै यात्रा टुंग्याएको छ ।

मोन्टियललाई आइतबार टोरन्टो नेसनलले रोमाञ्चक खेलमा एक विकेटले पराजित गर्यो । खेलअघि टोरेन्टो पुआइतबार टोरन्टो नेसनलले रोमाञ्चक खेलमा एक विकेटले पराजित गर्यो । खेलअघि टोरेन्टो पुछारमा थियो । राउन्ड रोबिनको अन्तिम नतिजापछि सन्दीप समावेश टीम पुछारमा झर्यो । प्रतियोगितमा आइतबार सन्दीपले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । विकेटका हिसावमा यो उनको क्यानडामा सबैभन्दा राम्रो प्रदर्शन हो । तर, टोरन्टोले १७७ रनको लक्ष्य अन्तिम बलमा १७९ रन बनाउँदै पुरा गर्यो । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्