सिरियामा १७ लडाकू मारिए

बग्दाद / टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।

टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् । “ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएका छन्,” एकजना इराकी अधिकारीले बताएका छन् ।

सिरियामा गएको केही समयदेखि आतङ्ककारीविरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देशहरुतर्फ लाग्ने गरेका छन् । यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ । सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्