अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन, ओभरटेक नगरि आ–आफ्नो लेनमा सवारी अगाडी बढाउन प्रहरीको आग्रह

चितवन / पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक एक तर्फी संचालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।

आज बिहान ९:३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।स्काभेटरको सहयोगमा पहिरो पन्छाई विहान ११ स्४५ बजेबाट एक तर्फी सवारी साधन सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै अलपत्र परेका थिए ।

यसैबीच पुलको ¥यालीङ भाचिएपछि इच्छाकामना ५ स्याउली बजारमा रहेको एक नम्बर पुलमा पनि हिजो देखि एक तर्फी मात्र सवारी संचालनमा छ ।
चेपाङ डाडा र एक नम्बर पुलमा एक तर्फी सवारी संचालन भएकोले लेन अनुशासनमा सवारी साधन चलाउन चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौँ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्