नेकपा पार्टी एकतालाई भाड्न विभिन्न घटनाको नाममा षडयन्त्र : प्रचण्ड

चितवन / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न घटनाको नाममा पार्टी एकतालाई भाड्ने षडयन्त्र भईरहेको बताएका छन् ।
पूँजीपतिहरुलाई आचर्य दिदै कुम्युनिष्ट पार्टीले दुई तिहाई मत ल्याएको उनले भने तिनिहरु चिन्तित हुदै यो एकतालाई कसरी विभिन्न घटनाको नाममा पार्टी एकतालाई भाड्ने षडयन्त्र गरेका छन् । एकता भाड्ने षडयन्त्र सफल हुदैन् ।

शारदा स्मृति प्रतिष्ठान र सांस्कृतिक महासघं चितवनले कृष्णपुरमा गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पुर्व प्रधानमन्त्री प्रचण्डले जनबर्गीय सगठंनहरु एकताको चरणमै रहेको जानकारी दिए उनले भदौं असोजसम्म आन्तरिक व्यवस्थापन मिलाई नेकपाले मुर्त रुप लिने दावी गरे । सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उनले भने, “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।”

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उनले बताए । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।

भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने

अर्को एक प्रसंगमा उहाँले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु¥याउने अध्यक्ष दाहालले बताए । केहि समय अघि पारिवारिक कारणले सिगांपुर गएको स्मरण गराउदै अध्यक्ष प्रचण्डले नेपाल जस्तै रहेको तत्कालिन सिगांपुर र बर्तमान सिगांपुरबाट धेरै सिक्न सकिने बताए । “विकासको मोडल अव सिगांपुरसगँ सिक्न सकिन्छ, पहिला सिगांपुर पनि नेपाल जस्तै थियो” प्रचण्डले भने “खेतका फाटँहरु, पशु चौपायाहरु चरण क्षेत्र, नदि नालाहरुलाई सरक्षंण गरि उपयोग गरेपछि विकर्सित भएको हो । ”

जनगायक खुसिराम पाख्रिनको परिवारलाई सोहि अवसरमा विशेष सम्मान गरिएको थियो । भने कम्यूनिष्ट आन्दोलनका अगुवा एवं नेकपाका केन्द्रिय सल्लाहकार खम्वासिहं कुवँर काजी बा र कवि सुमनराज श्रेष्ठलाई पनि सोही अवसरमा सम्मानपत्र र ढोसल्ला ओढाई सम्मानित गरिएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा पाख्रिनको योगदानलाई मुल्याङकन गर्दै नगरसहित सम्मान गरिएको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य ईश्वरी भट्टराई, कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, केन्द्रिय सल्लाहकार खम्वासिहं कुवँर काजी, प्रदेश सासंदहरु लगायत नेता कार्यकर्ताको सहभागीता थियो । श्याम सुन्दर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्