हत्या गरी गाडिएको अबस्थामा एक युवाको शव फेला

उदयपुर ,२९ असार / असार २५ गते बेलुकाको खाना खाएर वल्र्डकप हेर्न निस्किएका त्रियुगा नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको हत्या गरी गाडिएको अबस्थामा शुक्रबार शव फेला परेको छ ।
कङखोलाको बगरमा गाडेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताएका छन। वल्र्डकप हेर्न निस्किएका
चौधरी घर नफर्के पछि परिवारले खोजतलास गर्दा फेला परेको थिएन ।
गाडेको शवलाई जङ्गली जनावरले खोतलेर निकालेपछि दुर्गन्ध फैलिएर गाउँलेहरुले चौधरीको शव पत्ता लगाई प्रहरीलाई खबर गरेका थियो ।
धारीेलो वस्तुले छातिमा घोपेर चौधरीको हत्यागरी बगरमा गाडेको प्रहरीको भनाई छ । गाडेको ठाउबाट शव निकाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्