स्टोक सिटीका स्टार खेलाडी शकिरी लिभरपुलमा अनुबन्धित

शनिबार, असार ३०, २०७५
लन्डन – स्वीट्जरल्यान्ड तथा प्रिमियर लिग क्लब स्टोक सिटीका स्टार जर्दान शकिरी अर्को इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । २६ वर्षीय शकिरीलाई लिभरपुलले पाँच वर्षका लागि १३ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । शकिरीले लिभरपुलमा २३ नम्वरको जर्सी लगाउनेछन् । इम्री क्यान सिरी ‘ए’ क्लब युभेन्टस् गएपछि क्लबको उनको स्थानमा शकिरी अनुबन्ध गर्न कुनै कन्जुस्याई नगरेको हो । अनुबन्ध भएपछि शकिरीले लिभरपुलबाट खेल्न पाउनु आफ्नो लागि खुशीको क्षण हुने बताएका छन् ।

‘लिभपुल ठुलो र इतिहास बोकेको क्लब हो । यहाँ ठुला नाम चलेका खेलाडी अनि एक फेन्टास्टिक प्रशिक्षक रहेका छन् ।’ लिभरपुलको अफिसियल वेभसाइटमा शकिरीले भनेका छन् । ‘ यहाँ जोडिन पाउन मेरो लागि खुशीको क्षण हो । म आफ्नो तर्फबाट सक्दो राम्रो खेल्ने प्रयास गर्नेछु ।’

शकिरीको स्वीट्जरल्यान्ड रसिया विश्वकपको अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । शकिरीले यसअघि एफसी बसेल, बायर्न म्युनिख, इन्टर मिलान र स्टोक सिटीबाट खेलिसकेका छन् । यस सिजन स्टोक सिटी रेलिगेसनमा परेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्