नक्कली नागरिकता बनाईदिने तीन जना गिरोह पक्राउ

बर्दिया, असार ३०,/ बर्दियामा नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ ।

बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए । गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी नेपाली नागरिकता लिएकी थिइन् । विसं २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन् । नागरिकता छानवीनकै क्रममा रहेकाले राहदानी वितरण हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्