इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा बेल्जियमको अग्रता

शनिबार, असार ३०,
सेन्ट पिटर्सबर्ग  – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले(अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १(० को अग्रता लिएको छ ।

खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १(० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले आफूले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १(० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २(१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ को अन्तिम खेलमा भिडेका थिए जसमा बेल्जियम १(० ले जित हात पारेको थियो । त्यस खेलको विपरीत आज दुवै टोलीले आफ्नो बलिया टोली नै उतारेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्