ट्रम्पविरुद्ध स्कटल्याण्डमा पनि विरोध प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जारी ब्रिटेन भ्रमणको दोस्रो दिन पनि विरोध प्रदर्शनहरू भएका छन्। सोमवार फिनल्याण्डमा हुन लागेको रूसी राष्ट्रपतिसँगको शिखरवार्ता अघि अमेरिकी राष्ट्रपति ट्रम्प स्कटल्याण्डमा रहेको आफ्नो स्वामित्वमा रहेका दुई मध्ये एक गल्फ रिजोर्टमा पुगे।उनले त्यहाँ बैठकहरू तथा फोन कुराकानीहरूमा व्यस्त हुने र केही गल्फ पनि खेल्ने बताए।

Getty Images

प्रदर्शन

स्कटल्याण्डको राजधानी एडिनबरामा ठूलो भिड जम्मा भएको छ। अन्य शहरमा पनि र्‍याली भएका छन्। तर ती लण्डनमा भएजस्ता ठूला छैनन्।

शुक्रवार लण्डनमा भएका विरोध प्रदर्शनमा अढाई लाख मानिस जम्मा भएको आयोजकहरूले बताएका छन्।

गए राती उनको लण्डन भ्रमणको विरोध गरिरहेको वातावरणवादी समूह ग्रीनपिसका एक अभियानकर्मी प्याराग्लाइडर उनको सय मिटर नजिक पुगेका थिए। बिबिसी


प्रतिक्रिया दिनुहोस्