भारत दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय २३ रनको लक्ष्य पछ्याउँदै

शनिबार, असार ३०, २०७५,लर्डस् / इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३ सय २३ रनको लक्ष्य दिएका छ । जो रुटले अविजित शतक तथा कप्तान इयान मोर्गान र डेभिड विली ९अविजित०ले अर्धशतक बनाएपछि घरेलु टोलीले ३ सय २२ रनको ठूलो योगफल तयार पारेको थियो ।

तीन एक दिवसिय श्रृखंलाको पहिलो खेलमा भारत विजयी भएको थियो । रुटले १ सय ११६ बलमा अविजित १ सय १३ रन बनाउँदै टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । एक दिवसिय क्रिकेटमा १२ शतक पुरा गर्ने क्रममा रुटले ८ चौका र १ छक्का प्रहार गरे ।

विलिले ३१ बलमा अविजित ५० रन बनाए । कप्तान मोर्गानले ५१ बलमा ४ चौकार १ छक्कासहित ५३ रन जोडे । भारतका लागि कुलदीप यादवले ३, उमेश यादल, हार्दिक पाण्डेया र युभभेन्द्र चाहालले समान १ विकेट लिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्