विश्वकप जिते क्रोएसियाका मिडफिल्डर राकिटिकले टाउकोमा ट्याटु खोप्ने

आइतवार, असार ३१, २०७५

मस्को – क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा टाउकोको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले आइतबार विश्वकपको उपाधिको लागि फ्रान्सको सामना गर्दैछ ।

फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, यदि क्रोएसियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउनेछ भने म पनि टाउकोको अघिल्लो भागमा ट्याट्टु खोप्न तयार हुनेछु । ज्लाट्को डालिकको क्रोएसियाले अविश्वसनीय रुपमा फाइनलमा स्थान बनाउन सफल भएको थियो । राकिटिकले थपे ‘त्यहाँ धेरै ठाउँ छ, तपाईं पनि देख्न सक्नुहुन्छ ? तर, पहिले मैले यो विषयमा मेरी श्रीमतीलाई सोध्नुपर्छ ।’

यस्तै राकिटिकले क्रोएसिया विश्वकपको नयाँ च्याम्पियन बने टोलीले छुट्टै तरिकाले खुशीयाली मनाउने बताएका छन् । ‘वास्तवमा म एकदमै खुशी छु । किनकी मेरो टोली पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ । एउटा टोलीका रुपमा गोल गर्न सक्नु र फाइनलसम्म पु¥याउनुलाई सबैले ठुलो सफलता मान्दछन् ’ उनले थपे, एक भएर खेल्दा नै हामीले यो सफलता हात पारेका हौं । फाइनल जित्न पनि आतुर छौं ।’

समूह चरणमा शतप्रतिशत जित निकालेको क्रोएसियाले प्रि–क्वार्टरफाइनलमा डेनमार्क र क्वार्टरफाइनलमा रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । सेमिफाइनलमा इङ्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को सनसनीपुर्ण जित निकाल्दै क्रोएसिया फाइनल पुगेको थियो । नकआउट चरणमा संघर्ष गर्नुपरेपनि टोली नथाकेको राकिटिकले बताएका छन् ।

‘हामीले फाइनल खेलअघि प्रशस्तै आराम गर्ने अवसर पाएका छौं । फ्रान्सविरुद्धको ऐतिहासिक खेलमा हामी थकित महसुस नगरी उत्कृष्ट खेल पस्कने योजनामा हुनेछौं । यो खेल हाम्रो लागि मात्रै हैन । यो क्रोएसियन जनताहरुको लागि पनि हो ’ राकिटिकले भने, ‘यहाँ ४।५ मिलियन खेलाडीहरु छन् । उनीहरु एकले अर्कालाई हेरिरहेका हुनेछन् । यो हाम्रो जीवनको सबैभन्दा ठूलो खेल हो ।’

उनथे थपे ‘क्रोएसियाले कसरी फाइनलसम्म स्थान बनायो भनेर तपाईंले क्रोएसियाको फुटेज हेर्न सक्नुहुनेछ । जहाँबाट तपाई छलंङ्ग हुनुहुनेछ । अनि टोलीको एकता र गर्वको अविश्वनीय आनन्दित महसुस गर्नुहुनेछ ।’एजेन्सी


प्रतिक्रिया दिनुहोस्