आज विश्वकपको अन्तिम दिन,उपाधीका लागि फ्रान्स र क्रोएसियाबीच भिडन्त हुँदै

काठमाडौं , असार ३१ / रुसमा जारी विश्वकप फुटबलको फाइनल  आज आइतवार हुँदैछ । विश्वकपमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सबीच भिडन्त हुदैछ ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको देश हो। भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ।नेपाली समय अनुसार आज बेलुका ८: ४५ वजे खेल शुरु हुनेछ । शनिवार भएको प्रतियोगितामा इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलको तेस्रो स्थान चुम्न सफल भएको छ । बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० गोल अन्तरले हराउदैं बेल्जियम विजयी भएको हो ।


प्रतिक्रिया दिनुहोस्