३३ किलो सुन तस्करीका नाइके गोरेका भार्इ रमेश उप्रेती दुबईबाट समातिए

असार ३१,काठमाडौं , ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न मुख्य नाइके भनिएका चुडामणि उप्रेती गोरेका भाई रमेश उप्रेती दुबईबाट पक्राउ परेका छन् ।


उनलाई एक हप्ताअघि दुबई प्रहरीले पक्राउ गरेको र नेपाल ल्याउन कानुनी प्रक्रिया अगाडि बढाइएको दुबईस्थित नेपाली दूतावासले जनाएको छ ।

गत असार ४ गते रमेश उप्रेतीसँगै अन्य चार जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेकर्डर नोटिस जारी गरिएको थियो । उप्रेतीसहित मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।


प्रतिक्रिया दिनुहोस्