विश्वकप २०१८ को उपाधि फ्रान्सलाई

काठमाडौं ,/ विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै विश्वकप उपाधि जितेको छ ।

खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।

 

२८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् ।

पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३(१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४-१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४-२ पार्दै खेललाई रोमाञ्चक बनाए ।  थप गोल हुन नसकेपछी फ्रान्सले खेलमा जित हात पार्‍यो ।  फ्रान्सले यस अघि सन् १९९८ मा आफ्नो पहिलो उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्