मोड्रिकलाई गोल्डेन बल, ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौं , / २१ औं संस्करणको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पे  उत्कृष्ट युवा खेलाडी घोषित् भएका छन् ।

गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले पाएका छन् , क्रोएसियाका लुका मोड्रिकले गोल्डेन बल पाएका छन् ।२० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे ।

टिमले उपाधि जित्न असफल भए पनि क्रोएसियाली कप्तान मोड्रिकले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाए । विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए ।

तेस्रो स्थानमाको बेल्जियमका गोलरक्षक थियागो कोट्वा विश्वकपको उत्कृष्ट गोलरक्षक बने ।


प्रतिक्रिया दिनुहोस्