‘म पिएसजी मै रहन्छु’विश्व कपको युवा खेलाडी घोषित एमबाप्पे

सोमवार, असार ३२,
मस्को , फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र विश्व कपको युवा खेलाडी घोषित एमबाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन् ।

क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्व कप जित्दा एम बाप्पेले टोलीका लागि तेस्रो गोल गरेका थिए । युवा खेलाडी घोषित मध्ये विश्व कपमा गोल गर्ने पेले पछि एमबाप्पले पहिलो खेलाडी पनि बनेका छन् ।

क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्ट्स गएसँगै एमबाप्पले स्पेन जान सक्ने अड्कल सुरु भएको थियो । उनी मात्र होइन पिएसजीकै ब्राजिलियन स्टार नेयमारलाई पनि रोनाल्डोको विकल्पका रुपमा रियलले लान चाहेको समाचार आइरहेका छन् । यसबीचमा एमबाप्पले यो वर्ष पेरिसमै बस्ने कतै सरुवा नहुने प्रष्ट पारेका छन् ।

‘म पिएसजीमै रहन्छु । आफ्नो यात्रालाई यहि अघि बढाउन चाहन्छु,’ उनले भने, ‘मैले खेल जीवनको सुरुवात मात्र गरेको छु ।’ क्लबका स्टारमध्ये कम्तीमा एक एमबाप्पेको पछिल्लो भनाईबाट पिएसजी पक्कै खुसी हुनुपर्दछ,। नेयमारको सरुवाको विषयमा भने अझै प्रष्ट खबर सर्वजनिक भएको छैन । यद्दपी रियलले नेयमार लिने प्रयास नभएको केहि दिनअघि प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्