अर्जेन्टिना फुटबल संघ संग सम्झौता अन्त्य गर्न साम्पोली सहमत

सोमवार, असार ३२, २०७५,ब्यूनस आइरिस,/

एजेन्सी /अर्जेन्टिना फुटबल संघ (एएफए ) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता नवीकरण नगर्न सहमत भएका हुन् ।


विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले एएफएको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ । एएफए भनेको छ, ‘आज एसोसिएसन र राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक साम्पोली सम्झौता अन्त्य गर्न सहमत भएको छौं ।’

रुसमा आइतबार सम्पन्न विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो । प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएको थियो । फ्रान्सले आइतबार राति क्रोएसियालाई ४–२ ले हराएर दोस्रो पटक विश्वविजेता बन्न सफल भयो । ५८ बर्षिय साम्पोली सन् २०१७ मे मा प्रशिक्षक नियुक्त भएका थिए ।

साम्पोलीसंगै फिजियो जोर्गे डेसियो र भिडियो एनालिस्ट माटीअस मन्नाले पनि पद छाडेका छन् ।दक्षिण अमेरिकी राष्ट्र चिली र स्पेनिस क्लब सेभियाका पूर्व प्रशिक्षक साम्पोलीले समूह चरणका क्रोएसियासँग बेहोरेको ३–० को हारको जिम्मेवारी लिदै समर्थकहरुसँग बिन्तीसहित क्षमा मागेका थिए । एएफएले साम्पोलीको स्थानमा अर्जेन्टिनाकै पूर्व खेलाडी जर्ज बुरुचागालाई प्रशिक्षक बनाउने प्रयास थालेको छ ।


प्रतिक्रिया दिनुहोस्