नेपालमै पहिलो पटक ‘मेरो सुरक्षा’ले ल्यायो मोबाईल सुरक्षाको ग्यारेन्टी

काठमाडौँ, १ साउन / मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ भने ,अब ढक्क हुनुहोस, चिन्ता लिनु पर्देन, तपाईको मोबाइलको रक्षा मेरो सुरक्षाले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ ।

मेरो सुरक्षा प्रा.लि.ले स्मार्टफोनको सुरक्षाको लागि “मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा” नामक योजना सुरु गरेको हो। मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरगत नयाँ मोबाइल पाउनेछन्।

साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्त जीवनयापन सहयोग गर्नेछ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताएका छन।

‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ। व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ। जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ ।

यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो। मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने ।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस्