किन अशुभ मानिन्छ १३ नम्बर, यस्ता छन् अनौठा तथ्यहरु

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन रु १३ नम्बरको रहस्य के छ रु मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ रु अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ । १३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्‍यो कि मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए ।

यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण मान्न थाले । मनोविज्ञहरुले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेका फोबिया अर्थात् थर्टिन डिजिट फोबिया नाम दिए । डर यतिसम्म बढ्यो कि सोही कारण मानिसहरु १३ नम्बरको प्रयोगबाटै टाढा भाग्न थाले ।

कतिपय होटल तथा भवनहरुमा त १३ नम्बरको कोठा वा तेह्रौं तला नै नराखिएको पाइन्छ । फ्रान्समा त रेष्टुरेन्टहरुमा १३ नम्बरको कुर्सी नै नराख्ने चलन छ । इटालियन ओपेरा हाउसहरुमा पनि १३ नम्बरको प्रयोग सकेसम्म गरिँदैन । उता भारतको सबैभन्दा व्यवस्थित मानिने चण्डीगढ सहरमा पनि १३ नम्बरको भूतले सताएको छ । पण्डित जवाहरलाल नेहरुको सपनाको उक्त सहरमा सेक्टर नम्बर १३ नै गायब छ । उक्त सहरको डिजाइन विदेशी नागरिकले गरेका थिए, जसलाई १३ नम्बरको फोबिया थियो ।

उता भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जिवनमा १३ नम्बरको निकै गहिरो सम्बन्ध तथा संयोग छ । प्रधानमन्त्री बन्ने तथा हट्ने धेरै कुराका निमित्त १३ तारेख तथा १३ दल आदिको संयोग पर्‍यो ।

के भन्छ अंक विज्ञान ?

अंक विज्ञान वा न्युमोरोलोजीको हिसाबले पनि १३ अंकलाई शुभ मानिँदैन । यसको मुख्य कारण १२ अंकलाई मानिन्छ ।

वास्तवमा न्यमोरोलोजीमा १२ नम्बरलाई पूर्णताको प्रतीक मानिन्छ । त्यसैले त्यो पूर्ण अंकमा १ जोड्नुलाई दुर्भाग्यको प्रतीक मान्ने गरिन्छ ।

तर कतिपय मानिसहरुको मत के छ भने १३ नम्बरलाई अशुभ भन्नु केवल अन्धविश्वास हो र यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्