विश्व कप फाइनलको पेनाल्टी नियम बिपरित

लन्डन, / प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् ।

 

३८ औं मिनेटमा इभान पेरिसेचको ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो ।  एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ ले अग्रता लिएको थियो । रेफ्री नेस्टोर पिटानाले पहिला पेनाल्टी दिएका थिएनन् । जब भिडियो एसिस्टेन्ट रेफ्री भिएआर रिभ्यू पछि उनले पेनाल्टी दिएका थिए ।

त्यो शतप्रतिशत पेनाल्टी थिएन । उनी टाढा थिए । फरवार्डले हेड गरेको बल उनको हातमा आएको हो, उनले भने, बलले उनलाई लागेको हो । उनीले बललाई प्रभाव पार्ने गरि हात चलाएका छैन । मनसाय राखेर गरिएको ह्यान्ड त्यो होइन ।

नियम अनुसार जानजान हातले बल छोएको हुनुपर्दछ,’ उनले भने, ‘उनको हात नियम अनुसार ठिकमा छैन । त्यसले त्यो पेनाल्टी नियम विपरित छ ।’ दोस्रो हाफमा केलियन बाप्पे र पाउल पोग्बाले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी हुँदै दास्रो पटक विश्व कप विजेता बनेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्