स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु

बाँके, १ साउन / बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

                                                                फाइल तस्बिर

स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् ।

होटलले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । स्विमिङ पुल सञ्चालक ३२ वर्षीय सूर्यदय श्रेष्ठ र २१ वर्षीय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्