धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

काठमाण्डौं, साउन १ / नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बा लिम्वुको निधन भएको छ । केही दिन यता काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको अस्पतालमै मंगलबार दिउसो निधन भएको हो ।

मेयर तारा सुब्बालाई छातीमा निमोनिया भएर इन्फेक्सन भएको थियो । मेयर सुब्बालाई एक साता सम्म आईसियुमा राखेर नर्मल बेडमा सारिएकोृ थियो । गत बर्षको स्थानिय चुनाबमा तत्कालिन नेकपा एमालेबाट धरान उपमहानगरपालिकाबाट सुब्बा निर्वाचित भएका थिए । सुब्बाले आपनो प्रतिद्धण्डी काग्रेसका उम्मेरदार तिलक राईलाई ४ हजार मत अन्तरले हराएका थिए ।

को थिए त, तारा सुब्बा ?

तेह्रथुमको खाम्लालुङमा १८ माघ २०२३ सालमा जन्मिएका तारा सुब्बा १३ वर्षको उमेरमै पहिला झापा, गोलधाप र पछि धरान झरेका हुन् ।२०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पााचौको सांगठनिक गतिविधिमा उनी लागे । उनले कक्षा ८ मा अध्ययनरत छादा शैक्षिक शुल्क बृद्धिविरुद्धको आन्दोलनको नेतृत्व गरेर धरानमा चर्चा कमाएका थिए, २०४० सालमा । २०४२ मा एसएलसी दिएपछि उनले अखिलको धरान नगर कमिटी सम्हाले । २०४६ को जनआन्दोलनमा उनी धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा राखिए ।

प्रजातन्त्रबहालीपछि विद्यार्थी कार्यकर्ता तारा सुब्बाले आफ्नो राजनीतिक क्रियाशीलतालाई युवा आन्दोलनसाग जोडे । तत्कालिन मालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ ९हालको युवा संघ सुनसरीको उनी संस्थापक हुन् । उनले दुई कार्यकाल युवा संघ जिल्ला अध्यक्षको जिम्मेवारी निभाएपछि एक कार्यकाल केन्द्रीय सदस्य पनि भए ।

त्यसपछि उनी जिल्ला तहको पार्टी नेता रुपमा सक्रिय भए । २०५४ को स्थानीय निर्वाचनमा धरानलाई प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य थिए । स्थानीय निकाय भंग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उनले लगातार तत्कालिन एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्