अनसनरत डा.केसीको जिवनरक्षको माग गर्दै सुनसरीमा आन्दोलन

काठमाण्डौं १, साउन / अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै नेपाल मानव अधिकार संगठन सुनसरीले सोमबार इटहरीमा दिप प्रज्वलन गरेको छ । मानव अधिकार संगठनको आयोजनामा भएको कार्यक्रममा नागरिक समाज इटहरी, इटहरी जेसिज, इटहरी लेडि जेसिज लगायतका संघ संस्थाहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा माथेमा प्रतिवेदन कार्यान्वयन गर, अनसनरत डाक्टर केसीको जीवनरक्षा गर लगायतका नारा लेखिएको प्लेकार्ड लिई नागरिक अगुवाहरु सडकमा उत्रिएका थिए ।

नेपाल मानव अधिकार संगठनका पूर्व राष्ट्रिय अध्यक्ष आनन्द आचार्यले डा.केसीले गाउँ(गाउँमा डाक्टरी पढाई हुनुपर्ने, गरिब विद्यार्थीहरुको पनि चिकित्सक अध्ययनमा सहभागिता हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष बिरेन्द्र साहले सरकारले डा।केसीको जिवनको रक्षा नगरेसम्म आफुहरु खबरदारी गरीरहने बताउदैं आगामी दिनमा प्रभावकारी कार्यक्रमहरु गर्दै जाने उनको भनाई थियो । डाक्टर केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै पछिल्लो समयमा विभिन्न संघ संस्थाहरुले बिरोध गरिरहेका छन् । सरकारले केसीको आन्दोलनप्रति बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको हो।

अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै नेपाल मानव अधिकार संगठन सुनसरीले सोमबार इटहरीमा दिप प्रज्वलन गरेको छ । मानव अधिकार संगठनको आयोजनामा भएको कार्यक्रममा नागरिक समाज इटहरी, इटहरी जेसिज, इटहरी लेडि जेसिज लगायतका संघ संस्थाहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा माथेमा प्रतिवेदन कार्यान्वयन गर, अनसनरत डाक्टर केसीको जीवनरक्षा गर लगायतका नारा लेखिएको प्लेकार्ड लिई नागरिक अगुवाहरु सडकमा उत्रिएका थिए ।

नेपाल मानव अधिकार संगठनका पूर्व राष्ट्रिय अध्यक्ष आनन्द आचार्यले डा.केसीले गाउँ(गाउँमा डाक्टरी पढाई हुनुपर्ने, गरिब विद्यार्थीहरुको पनि चिकित्सक अध्ययनमा सहभागिता हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष बिरेन्द्र साहले सरकारले डा।केसीको जिवनको रक्षा नगरेसम्म आफुहरु खबरदारी गरीरहने बताउदैं आगामी दिनमा प्रभावकारी कार्यक्रमहरु गर्दै जाने उनको भनाई थियो । डाक्टर केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै पछिल्लो समयमा विभिन्न संघ संस्थाहरुले बिरोध गरिरहेका छन् । सरकारले केसीको आन्दोलनप्रति बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको हो।


प्रतिक्रिया दिनुहोस्