संस्कृतिको सम्मान गर्नुपर्छः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे

काठमाडौं, १ साउन / उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सबै जातजातिको संस्कार र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङलगायतका संघ संस्थाले आदिवासी लिम्बू समुदायको चाड सिसेक्पा तङनाम ९साउने संक्रान्ति०को अवसरमा मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

“संविधानमै हामीले आफ्ना अधिकारहरू लिपिबद्ध गरिसकेका छौं,’ उहाँले भन्नुभयो, “अब आफ्नो संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहज भएको छ ।” उपसभामुख डा तुम्बाहाङ्फेले नेपालमा फरक–फरक संस्कृति बोकेका आदिवासी जनजातिको बाहुल्यता रहेको बताउँदै संस्कार जोगाउने दायित्व सबैको बराबरी भएको धारणा व्यक्त गर्नुभयो ।

विगतमा आदिवासी जनजातिहरू आफ्ना अधिकार जोगाउन आन्दोलन गरेको स्मरण गर्दै उहाँले सिसेक्पा तङनामले भाषा संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्