नेयमार र एमबाप्पे दुवै पिएसजीमा रहने

काठमाडौं /  ब्राजिलका स्टार नेइमार  र फ्रान्चका स्टार  एमबाप्पेलाई रियल म्याड्रिडले गम्भिर चासो देखाउनका वावुजद पनि केलियन एमबाप्पे र नेयमार पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस फर्नान्डेजले बताएका छ ।

रोनाल्डो रियल छाडेर युभेन्ट्स गएपछि , विकल्पमा रियलले नेयमार र एमबाप्पे भित्राउने लक्ष्य राखेका छन्  ।  दुवै सुपर स्टार पिएसजीलाई च्याम्पियन्स लिग जिताउनमा दृढ रहेको फर्नान्डेजले बताएका छन् । अन्तरवार्तामा फर्नान्डेजले भने, नेयमारले पिएसजी रहने निर्णय गरेका छन् । उनी सफलता चाहन्छन् । विश्व कपमा उनको टोली ब्राजिलले सफलता प्राप्त गर्न सकेनन् । मलाइ लाग्छ उनी पिएसजीलाई उपाधि दिलाउन चाहन्छन् ।

एमबाप्पेका बारेमा फर्नान्डेजले थपे, उनी पनि यहाँ रहनेछन् । उनी आफैले यो प्रष्ट पारिसकेका छन् । उनी पिएसजीलाई च्याम्पियन्स लिग जिताउन चाहन्छन् । हाम्रा लागि दुवै खेलाडी बस्नु महत्वपूर्ण विषय हो ।

 


प्रतिक्रिया दिनुहोस्