कैलालीमा भेटिएका दुई वटा प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज

कैलाली,२ ,साउन/ कैलालीको लम्की चुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान भेटीएका दुई वटा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । अज्ञात समूहले गएराति मेघाश्री उद्योग परिसरमा बम राखेको प्रहरीले जनाएको छ ।

बम गोरंगेस्थित नेपाली सेनाको बम डिप्पोजल टोलीले डिस्पोज गरेको ईलाकाप्रहरी कार्यालय लम्की प्रमुख सुरेन्द्र जोशिले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्