मेस्सी परिवारकासाथ छुट्टी मनाउँदै

बार्सिलोना / अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । भ्यालेन्सियाबाट झन्डै १ सय ५० किलोमिटर टाढा रहेको इबिथामा उनी विदाई मनाइरहेका छन् ।

उनको कप्तानीमा रहेको अर्जेन्टिनालाई यसपटकको विश्व कपको उपाधिको दाबेदारका रुपमा हेरिए पनि टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन । मुस्किलेले अन्तिम १६ मा पुगेको अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित हुँदै बाहिरिएको थियो । फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक विश्व कपको उपाधि जितेको थियो । श्रीमती, बच्चाहरु र नजिकका साथीहरुसँग उनी छुट्टी मनाउन निस्केको बताइएको छ ।

उनका प्रतिस्पर्धीका रुपमा हेरिएका क्रिस्टियानो रोनाल्डो खेल जीवनको नाया मोडमा उभिदा र्बािर्सलोनाका मेस्सी भने फेरि एकपटक स्पेनिस ला लिगामा जादु देखाउने प्रयासमा हुनेछन् । बार्सिलोनाको प्रतिस्पर्धी क्लब रियल म्याड्रि«डको ९ वर्षे लामा यात्राको अन्त्य गर्दै रोनाल्डो १ सय मिलयन पाउन्डमा इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्