उत्कृष्ट समूह तथा वनकर्मीहरु पुरस्कृत

ताप्लेजुङ / डिभिजन वन कार्यालय ताप्लेजुङले उत्कृष्ट सामुदायिक वन, निजी वन समूह र वन कार्यालयका कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । डभिजन वन कार्यालयले उत्कृष्ट सामुदायिक वनको रुपमा जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङको को सल्लेरी सामुदायिक वन, मैवाखोला गाउँपालिकास्थित फाकुम्बामा रहेको हात्तीसुँडे सामुदायिक वन र पाथीभरा याङ्वरक गाउँपालिका २ थेचम्बुमा रहेको सिँकेचु सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको हो ।

                         पुरस्कृत वन कार्यालयका कर्मचारीसँग सामुहिक तस्बिर खिचाउँदै वन कार्यालय प्रमुख घिमिरे लगायत ।

सामुदायिक वनतर्फ सल्लेरी, हात्तीसुँडे र सिँकेचु सामुदायिक वन उपभोक्ता समूहलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको छ । उक्त तीनवटा समूहलाई क्रमशः ११ हजार, नौ हजार र पाँच हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङ मेवाखाकी कृष्णकुमारी निरौलालाई उत्कृष्ट निजी वन पुरस्कार प्रदान गरिएको छ । निरौलाले प्रथम पुरस्कार नगद ११ हजार रुपियाँ र प्रमाणपत्र पाउनुभएको छ ।

त्यस्तै फुङ्लिङ नगरपालिका ७ केनिमका चेतनाथ घिमिरेले द्वितीय तथा फुङ्लिङ ६ सुकेटारका लाक्पाछिकी शेर्पाले निजी वनतर्फ तृतीय पुरस्कार पाउनुभएको छ । घिमिरेले नगद नौ हजार र शेर्पाले पाँच हजार रुपियाँ पुरस्कारसहित प्रमाणपत्र पाउनुभएको वन कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।
यसैगरी वन डिभिजन कार्यालयले कार्यालय सहयोगी ईश्वरीप्रसाद निरौला र वनरक्षक चित्रगुप्त खतिवडालाई नगद पुरस्कार र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको छ । फरेष्टर धनीरामसिंह कुशवाह र रेञ्जर गङ्गाबहादुर इङ्नामलाई पनि पुरस्कृत गरिएको डिभजिन वन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालस सहयोगी र वनरक्षकलाई एक हजार रुपियाँ, फरेस्टर कुशबाहलाई एक हजार ५०० तथा रेञ्जर इङ्नामलाई दुई हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ ।

पुरस्कृत सबैलाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, जिल्ला समन्वय अधिकारी नरहरि भण्डारी र फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्