पाँच दिनमा दर्जन मुद्दाको फैसला

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / जिल्ला अदालत ताप्लेजुङले पाँच दिनभित्र झण्डै एक दर्जन मुद्दाको फैसला गरेको छ । जिल्ला न्यायाधीश कृपासुर कार्कीका अनुसार असार २८ गतेदेखि ३२ गतेभित्र ११ थान मुद्दाको फस्र्यौट अर्थात फैसला भएको हो ।

जिल्ला न्यायाधीस कार्कीले आर्थिक वर्ष २०७४/७५ मा कुल ८० दशमलव ५० प्रतिशत मुद्दा फस्र्यौट भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालतले गएको असार २७ गतेसम्ममा तीन सय ११ थान मुद्दाको फस्र्यौट गरेको थियो । आर्थिक वर्ष २०७४/७५ समाप्तिसँगै अदालतले पाँच दिनभित्र थप ११ थान मुद्दा फैसला गर्दै फस्र्यौट मुद्दाको सङ्ख्या तीन सय २२ पु¥याएको हो ।

अदालतमा आव २०७३/७४ बाट जिम्मेवारी सरी आएका एक सय ४९ थान मुद्दासहित चार सय थान मुद्दाको सङ्ख्या रहेको थियो । आर्थिक वर्ष २०७४/७५ भित्र कुल दुई सय ५१ थान मुद्दा दर्ता भएका थिए । अब आर्थिक वर्ष २०७५/७६ का लागि ७८ थान मुद्दाको जिम्मेवारी सरिआएको जिल्ला न्यायाधीस कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्