मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु हुन्न – टेभेज

ब्यूनर्स आयर्स / अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने र उनलाई भविष्यमा अर्जेन्टिना साथ दिनै पर्ने बताएका छन् । मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको विश्वकपमा पनि निराश भएर रसियाबाट फर्केको थियो । प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै मेस्सीको टोली घरफर्केको थियो । बार्सिलोनाका स्टार आफैले पनि चार खेलमा १ गोलमात्र गर्न सकेका थिए ।

३१ वर्षे स्टार र अर्जेन्टिनाका सामर्थकबीचको सम्बन्ध खासै हार्दिकतापूर्ण कहिल्यै रहेन । यसले मेस्सीलाई पनि खासै आश्चार्यमा पार्दैन । यदि मेस्सीले यहि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए भने त्यो अच्चम हुने छैन भन्ने कतिपयको तर्क रहने गरेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार टेभेज भने उनको भविष्यको अन्तिम निर्णय मेस्सी आफैले लिनु उपयुक्त हुने बताउँछन् । ‘मलाई लाग्छ मेसीले नै यो बारेमा सोच्नेछन् । यदि उनी यहाँ रहेर खुसी हुन सक्दैनन् भने उनले सोच्नुपर्ने हुन्छ । उनलाई के गर्दा सहज हुन्छ त्यो बढी महत्वपूर्ण हो,’ टेभेजले भने,‘ अर्जेन्टिना जस्तो टोलीको नेतृत्व गर्नु वास्तवमै निकै गाह्रो हुनेगर्दछ । ’

अर्जेन्टिनाले उनलाई कहिले खुसी पार्न नसकेको उल्लेख गर्दै भने,‘ मलाई लाग्छ उनलाई सहज हुने गरि साथ नदिनु हाम्रो गल्ति हो । एउटा खेलाडी र अर्जेन्टिनी भएको नाताले म भन्छु हामी उनलाई चाहन्छौं किनकी उनी अर्जेन्टिनाको आत्मा हुन् । सम्भव भएसम्म उनले खेल्नुपर्दछ । उनी अर्जेन्टिनाका ठूलो खेलाडी हुन् र उनले त्यसको जिम्मेवारी पनि निर्वाह गर्नुपर्दछ ।’

उनलाई अब केहि समयको आरामले सोच्न दिनुपर्दछ टेभेजको भनाई । उनले भने,‘ हामी उनलाई फेरी मैदानमा पुरानै अवस्थामा देख्न चाहन्छौं ।’ समूह चरणका तीन मध्ये १ जित र १ बराबरी र एक हारका साथ अर्जेन्टिना नकआउट चरण पुगेको थियो । तर, टोलीले खराब प्रदर्शनका कारण निकै आलोचन खेप्नु परेको थियो । आयसल्यान्डविरुद्ध पेनाल्टी चुकाएका कारण मेस्सीको पनि खुब आलोचना भएको थियो । बार्सिलानाबाट क्लबका स्तरीय र व्यक्तिगत रुपमा सबै खाले उपाधि जितसकेका मेस्सीले अर्जेन्टिनाका लागि भने अहिले सम्म महत्वपूर्ण उपाधि जित्न सकेको छैनन् । यद्दपी उनको नेतृत्वमा अर्जेन्टिना विश्व कप फाइनल र कोपा अमेरिकाको दुई पटक फाइनल पुगेको थियो ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्