नव गायक बसन्तको “तिमी म सँग किन रिसाउँछौ”मा पुष्पल र एलिसाको रोमान्स

काठमाडौं, ३ श्रावन / सोलुखुम्बुमा जन्मिएका यूवा गायक बसन्त नाछिरिङ राईको पहिलो गीत “ तिमी म सँग किन रिसाउँछौ” को सुटिङको काम सकिएको छ ।

सुमधुर आवजका धनि बसन्तले यो गीतमा शब्द र संगीत पनि आफैले गरेका हुन् । सानै उमेर देखि सांगीतीक क्षेत्रलाई रुचाउने बसन्त गायनका साथै शब्द लेख्न र संगीतमा पनि उतिकै अब्बल छन् । यो भिडियोलाई चर्चित युवा निर्देशक युगल पोमोले निर्देशन गरेका हुन् ।

भिडियोमा नायक पुष्पल खड्का र एलिसा राईले रोमान्स गरेका छन् । पछिल्लो समय बिभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका मोडल राम गुरुङले यो भिडियोमा पुष्पल र एलिसालाई साथ दिएका छन् । नेपालि चलचित्र ऐश्वर्याको “तिमि रोएको पल” जस्ता गितहरुमा कोरिग्राफ गरि सकेका चर्चित कोरिग्राफर तेन्जु योन्जनले यस भिडियोमा उत्कृष्ट कोरियोग्राफ गरेका छन् ।

भिडियोको छाँयांकन उपत्याकाकै एक रमणिय स्थल गोदावरीको गोदावरी भिलेज रिर्सोटमा गरिएको छ । यस भिडियोको लागी ईडिटिङ कार्य निसान घिमिरेले गरेका हुन भने क्यामेरामा उत्सव दाहाल र मेकअप लोकेस थापाको रहेको छ । यो भिडियोमा कुनै एक प्रेमिले आफ्नो प्रेमिका रिसाँउदा फकाएको दृष्य देख्न सकिन्छ । यो भिडियोको मिक्सिङ सम्बन्धि सम्पुर्ण कार्य भईरहेकोले काम सकिना साथ भिडियो केहि दिन भित्र युट्युव मार्फत सार्वजनिक हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्