उपचारका लागि डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो

काठमाडौं / २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई उपचारको लागि बिहीबार साँझ काठमाडौं ल्याइएको छ । डा.केसीको स्वास्थ्या जटिल बन्दै गएपछि सरकारले सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको डा. केसीलाई विहिबार साँझ ६स्४५ बजे टुँडिखेलमा अवतरण गराएर त्यहाँबाट त्रिवि शिक्षण अस्पताल लगियो । डा.केसीले आइसियुमा बस्न अस्वीकार गरेपछि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा राखिएको छ । यो भवनमा आइसियु नरहेको चिकित्सकले बताएका छन् ।

सरकारले उनको उपचारका लागि बीर अस्पतालमा पूर्व तयारी अनुसार हेलिकोप्टर टुडिखेलमा अवतरण गरेको थियो । तर डाक्टर केसीले वीरमा बस्न अस्वीकार गरेपछि त्यहाँ लगिएको गृह मन्त्रालयले जनाएको छ । गृहसचिव प्रेमकुमार राईले डाक्टर केसीको रुची अनुसार शिक्षण अस्पताल लगिएको बताए । डाक्टर केसीको स्वास्थ्य बिग्रेकोले अभिभावकको भूमिका निर्वाह गर्दै उनलाई जुम्लाबाट काठमाडौं ल्याएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

आईसियुमा बस्न नमानेपछि गणेशमान भवनमा भर्ना

डा. केसीलाई लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लगायत जुम्ला पुगेका थिए । केसीका समर्थकहरुले अस्पतालभित्र प्रवेशमा रोक लगाएका थिए । डा.केसीलाई काठमाडौं ल्याउन अबरोध हुदा दिनभर जसो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त भएको थियो ।

झडपमा एक जना प्रहरीसहित एक दर्जनभन्दा बढि घाइते भएका छन् भने अस्पतालमा तोडफोड समेत भयो । झडपमा परी प्रहरीकै जवान कमल उपाध्याय गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको छ । यसैबिच डा.केसीले आफ्नो अनसन जारी रहरने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्