रियल मड्रिडविरुद्ध रोनाल्डोले नखेल्ने

काठमाडौं /  रियल मड्रिडबाट भर्खरै इटालियन  क्लब युभेन्ट्स गएका क्रिस्टियानो रोनाल्डोले आउँदो जुलाई ३० देखि मात्र युभेन्टसका लागि खेल्ने भएका छन् । ३० जुलाईबाट टोलीमा रोनाल्डोलाई सामेल गराउने  घोषणा गरेको छ ।

रोनाल्डो क्लबसँग अमेरिका भ्रमणमा नजाने पुष्टी गरेको छ ।   रोनाल्डोले इन्टरनेशनल च्याम्पियन्स कपमा युभेन्ट्सका लागि खेल्ने छैनन् ।  रोनाल्डोको पूर्व क्लब रियल मेड्रिडसँग पनि युभेन्ट्सले भिड्ने कार्यक्रम रहेको छ, रियल र युभेन्ट्स अगस्त ५ मा भिड्दै छन् । सो खेलमा रियलका पूर्वस्टार रोनाल्डोले नखेल्ने भएका छन् ।

युभेन्ट्सले च्याम्पियन्स कपमा चार म्याच खेल्ने  छ,पहिलो खेल २६ जुलाईका दिन बायर्न म्युनिखसँग, त्यस्तै २८ जुलाईका दिन युभेन्ट्सले पोर्चुगिज क्लब बेनफिकासँग खेल्नेछ भने २ अगकास्त  सकर एमएलएस अलस्टारसँग खेल्नेछ । युभेन्ट्सले आफ्नो अन्तिम खेल युरोपियन च्याम्पियन रियल मेड्रिडसँग अगस्त ५  का दिन खेल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्