डा. केसीको समर्थनमा निकालिएको र्‍यालीमा प्रहरी र आन्दोलनकारीबीच झडप, केही घाइते

काठमाडौं / तरुणदलको प्रदर्शनको क्रममा बानेश्वरमा झडप भएको छ । झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दा स्थिति तनावग्रस्त भएको छ । प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।

डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको बताएको छ । अहिले तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ ।

नयाँ बनेश्वर क्षेत्रमा कोण सभा चलिरहेपनि बबरमहल क्षेत्रमा रहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ। अश्रु ग्यास र ढुंगा हानहानमा परी केही आन्दोलनकारी र प्रहरी पनि घाइते भएको बताइएको छ। २२ दिन देखि अनसनरत डा. केसीको जीवन रक्षा र मागको सम्बोधनका लागि दबाव दिन आज विशाल प्रदर्शन गरिएको हो।

 

 

 

 


प्रतिक्रिया दिनुहोस्